नेकपाका नेता भट्टराईको कोरोना संक्रमणबाट मृत्यु

समाचार

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पाको अर्जुनधारा गाविसका पूर्वअध्यक्ष  कुन्दन भट्टराईको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

उनको शुक्रबार साँझ काठमाडौँको मेडिसिटी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो ।

फोक्सोको क्यान्सर रोगको उपचार गराइरहेका नेता भट्टराईलाई केही दिनअघि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य अवस्था गम्भीर बनेपछि झापाको पूर्वाञ्चल क्यान्सर हस्पिटलबाट मेडिसिटी लगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *