दुखद: जनकपुरमा आफैले चलाएको कार दुर्घटना हुदाँ शर्माको मृत्यु, यसरी भयो दुर्घटना

समाचार

जनपकपुरधाम, कार्तिक २८ गते ।

जनकपुरमा भएको भयानक कार दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

शुक्रवार विहान मुजेलियमा पुलबाट कार पानी बग्ने नालामा खस्दा धनुषाधाम नगरपालिका १९ का ४५ वर्षीय विजय शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनुषाधामबाट जनकपुरजाने क्रममा तिब्र गतिमा आफैले चलाएको बा २० प ६८३१ नम्बरको कार प्राविधिक गडबडीले मोड्न नसकेपछि पुलबाट तल खसेको जिल्ला टराफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुर पुग्नसाथ डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।

शव पोष्टमार्टमकालागि अस्पतालमा उनको शव राखिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *