नेपालकै सबैभन्दा अग्ला व्यक्ति कोरोनाले सिकिस्त

समाचार

नेपालकै अग्ला व्यक्ति राजन अधिकारीलाई कोरोना भएपछि उनको स्वास्थ्य कमजोर भएको छ । इटहरीस्थित आफ्नै घरमा बसिरहेका अधिकारीलाई कोरोना पुष्टि भएको हो । अहिले अधिकारी घरमै स्वास्थ्यलाभ गरिरहेका छन्।

इटहरी ५ बस्ने अधिकारी नेपालकै अग्ला व्यक्ति हुन् । उनको उचाइ ७ फिट ३ इन्च छ । अस्वभाविक उचाईका कारण शारीरिक अस्वस्थता भोगिरहेका अधिकारीलाई कोरोना भए पछि अहिले थप असहज भएको छ । कोरोना भए देखि थप सन्चो नभएकोले अहिले घर मै भएको उनले बताएका छन्।

गत बर्ष घरको बाथरुममा चि प्लि ए र ल ड्न पुग्दा उनी घा’इते भएका थिए । भाँचि’ए को हातमा प्लास्टरपछि उनलाई स्वास्थ्य असहजता भएको थियो । राजन अधिकारीलाई अस्भाविक उचाईका कारण बारम्बार समस्या पर्ने गरेको छ । ७ फिट ३ इन्चका अधिकारीलाई सार्वजनिक सवारीमा चढ्नदेखि हिँडडुल गर्न पनि समस्या हुन्छ।

उनी नेपालको पहिलो र विश्वको तेस्रो अग्ला व्यक्ति हुन्। सबैभन्दा अग्लामध्ये पहिलोमा टर्की र दोस्रो चीनका नागरिक हुन्।

उनी नेपालको पहिलो र विश्वको तेस्रो अग्ला व्यक्ति हुन्। सबैभन्दा अग्लामध्ये पहिलोमा टर्की र दोस्रो चीनका नागरिक हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *