यी जुम्ल्याहा दिदीबहिनी आफ्नो जन्मदिनमै बने आमा, दुवैले जन्माए छोरी!

अन्तर्राष्ट्रिय

अमेरिकी राज्य टेनिसीका एक जुम्ल्याहा दिदीबहिनी आफ्नो जन्मदिनमै आमा बनेका छन्।

एम्बर ट्रामोन्टना र अटम स दुवैले छोरी जन्माएका हुन्।

यी जुम्ल्याहा दिदीबहिनीले आफ्नो जन्मदिनमा ९० मिनेटको अन्तरालमा एकै अस्पतालमा सन्तान जन्माएका हुन्।

गत अक्टोबर २९ तारिखका दिन जब उनीहरु ३३ वर्षका पुग्दै थिए सोही मितिमा नक्सभिल्लेको फोर्ट स्यान्डर्स रिजिनल मेडिकल सेन्टरमा दुवैले एकैदिन छोरी जन्माएको बताइएको छ।

यसअघि यी दुवैको छोरा जन्मिएको थियो र उनीहरु एकै उमेरका हुन्।

अटम स भन्छिन्,‘हामीले जीवनभर सबैकुरा एकैसाथ गरेका छौं। हामी एकै उमेरमा विद्यालय गयौं, एकै समय गर्भवती भयौं छोरा र छोरी पनि एकै समयमा जन्मायौं।’ एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *