रोकि राखेको बसमा मोटरसाईकल ठोकिदा पश्चिम दाङमा एक जनाको ज्यान गएको छ, भने एक घाईते भएका छन् ।
बबई गाउँपालिका वडा नं. ७ मठेउरीदेखि तुलसीपुर तर्फ जाँदै गरेको ना४ख ६३१० नं. को यात्रु राख्नका लागि बबई ६ कटकुइयाँमा रोकि राखेको बसमा पछाडिबाट आएको रा३प ४८६ मोटरसाईकल ठोकिएको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख मोहन विक्रम केसीले जानकारी दिनुभयो ।
दुर्घटनामा घाईते भएका कटकुईया निवासी ४७ बर्षीय चित्र वहादुर डाँगीको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लैजादै गर्दा बाटैमा मृत्यु भएको हो, भने सोही ठाउँ निवासी अर्का घाइते ४३ बर्षीय मान वहादुर केसीको राप्ती प्रादेशिक अस्पताल उपचार भईरहेको र थप उपचारका लागि रिफर गर्ने तयारी गरिएको प्रहरीले जानकारी दिएको छ ।