७ बर्षमा नै प्रिन्साले प्रतिष्ठित ४ वटा अन्तर्राष्ट्रिय अवार्ड जितेर देश र आफ्नो नाम राखिन्

राष्ट्रिय

काठमाडौ । मात्र ७ वर्षकी बालिकाले देशको प्रतिनिधित्व गर्छिन् । आफ्नो नामसँगै देशकोपनि नाम राख्छिन् भन्ने आशा कमै माथी हुन्छ । तर प्रिन्सा खड्काले आशा मात्र देखाइनन् अन्तर्राष्ट्रिय अवार्ड जितेर आफ्नोसँगै देशको नाम राख्न सफल भइन् ।

कला क्षेत्रको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा जितेर देशको नाम राखेकी छिन् । टीभी स्टार्ट इन्टरनेसनल फेस्टिभलको अनलाइन संस्करणमा नेपालकी प्रिन्सा खड्काले ‘गोल्डेन क्विन’को उपाधि जितिन् । प्रतियोगितामा विश्वभरबाट १६ देशका ४० जना बालबालिका सहभागीता जनाएका थिए । अनलाइनमार्फत विभिन्न चरणमा सिर्जनात्मक प्रतिस्पर्धा गराइएको थियो ।

यहाँहलाई जानकारी गराऔँ प्रिन्साले दुई महिना अघि मात्र दक्षिण युरोपको बुल्गेरियामा अनलाइनमार्फत आयोजित ‘प्रिन्स एन्ड प्रिन्सेस अफ द वल्र्ड २०२०’ मा समेत ‘गोल्ड प्रिन्सेस अफ द वल्र्ड २०२०’ को उपाधि जितेर देश र आफ्नो नाम लेखाइन् । सोही प्रतियोगितामा उनले ‘स्पेसियल अवार्ड अफ द फेस्टिवल’ उपाधि पनि पाएकी हात पारेकी थिइन् ।

त्यस्तै, गत वर्ष इजिप्टमा आयोजित ‘मिनी मोडल वल्र्ड २०१९’ को उपाधिसँगै उत्कृष्ट नर्तकको उपाधि समेत उनैले जितेकी थिइन् । रुकुम स्थायी घर भएकी प्रिन्सा हाल नेपालको राजधानी काठमाडौंमा दुई कक्षामा पढ्छिन्। उनले केही म्युजिक भिडियोहरूमा समेत अब्बल दर्जाको अभिनय गरेकी छन्। जनबोली

Leave a Reply

Your email address will not be published. Required fields are marked *