काठमाडौं । बलिउडका लोकप्रिय स्ट्याण्डअप कमेडियन तथा अभिनेता राजिव निगमका नाबालक छोराको मृत्यु भएको छ । राजिवका ९ वर्षका छोराको निधन भएको हो ।
राजिव निगमले छोराको निधनको जानकारी दिँदै देवराजसँगको फोटो फेसबुकमा सेयर गर्दै आफ्ना बाबुलाई गुमाएको ३ महिनामा नै फेरी आफ्ना जम्मा ९ वर्षका छोराको निधन भएको जानकारी दिएका छन् ।
छोराको निधनको जानकारी दिँदै देवराजसँगको फोटो फेसबुकमा सेयर गर्दै क्याप्सनमा लेखेका छन्, ‘जन्मदिनमा यो कस्तो सरप्राइज पाएँ । मेरो छोरा देवराज मलाई छोडेर गए । जन्मदिनको केक नकाटिकनै । पागल, यस्तो उपहार कसैले दिन्छ ?