भर्खरै : काठमाडौंमा भूकम्पको धक्का, के तपाइले थाहा पाउनुभो ?

समाचार

मंगलबार दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।

४:२९ मिनेटको आसपासमा काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको हो ।

भूकम्प कति म्याग्निच्युटको हो र केन्द्रबिन्दु कुन ठाउँ हो भन्ने बारेमा जानकारी प्राप्त भएको छैन । भूकम्प आएसँगै मानिसहरुले सामाजिक सञ्जालमा भूकम्पले हल्लायो भन्दै ट्विट र स्टाटस लेखेका छन् ।

भदौ ३१ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प जाँदा काठमाडौं लगायत तराइ विभिन्न जिल्लामा समेत कम्पन महसुस गरिएको थियो ।

पछिल्लो समय ४ रेक्टर स्केल वा सोभन्दा साना भूकम्पहरु गइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *