फोटो फिरिममालाई १ करोडले हेरेपछि रचना रिमाल खुशीले उफ्रिईन, शिशिर भण्डारीले रचनालाई दिए यस्तो उपहार (भिडियो)

भिडियो

नेपाली संगीत आकाशमा धेरै गीतहरु सार्बजनिक भैरहेका छन् । डिजिटल दुनियाले नेपाली बिच राम्रो छाप छोडेसंगै गीतहरु सार्बजनिक हुने क्रम झनै बाक्लिदो छ । केही हिट हुन्छन् केही सबैका लागि फिट हुदैनन् र लगानी डुब्छ । यता एउटा गीतले भने राम्रो सफलता पाएको छ । गीत संगै गीतकी गायिकाले समेत सोही गीतबाट आफुलाई ब्यवसायिक गायिकाको रुपमा स्थापित गराईसकेकी छन् । सो गीत हो “फोटो फिरिममा” ।

जुन गीतको भिडियोले यतिबेला करोड भ्युज पाएको छ भने यहि गीतबाट स्थापित गायिकाको बाटो हिड्न थालेकी रचना रिमाल अहिलेकी ब्यस्त गायिकामा पर्छिन । सो गीतको भिडियो २०२० मार्च २१ का दिन युट्युबमा सार्बजनिक गरिएको हो । सार्बजनिक पश्चात् गीत संगै गायिकाले पनि चर्चा बटुलेको हो । रचनाले गाएको उक्त गीतमा शब्द संगीत समाजसेवी, मोडल तथा संचारकर्मी शिशिर भन्डारीको रहेको छ । गीतले करोड भ्युज पाएको उपलक्ष्यमा केक काट्दै रचना र शिशिरले खुशी साटे । त्यसै अवसरमा शिशिरले रचनालाई उपहार पनि दिए । हेर्नुस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *