२४ घण्टामा २ हजार ८१२ जना कोरोना संक्रमणमुक्त

समाचार

काठमाडौं । आज देशभर २ हजार ८१७ जनालाई कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३११ पीसीआर परीक्षण भएकोमा २ हजार ८१७ जनालाई कोरोना पुष्टि भएको छ ।

यस्तै,२४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५३३ जनालाई कोरोना संक्रमण भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २९४,भक्तपुरमा ७७ र ललितपुरमा १६२ जनालाई कोरोना पुष्टि भयो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ रहेको छ । २४ घण्टामा २ हजार ८१२ जना संक्रमणमुक्त भएपछि निको हुनेको संख्या १ लाख ५७ हजार ९२६ पुगेको छ ।

यस्तै २१ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमितको मृत्युको संख्या १ हजार १०८ पुगेको छ । हेल्थपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *