ललितपुरको इमाडोलबाट रेडपान्डाको छालासहित ६ जना पक्राउ

समाचार

महानगरीय अपराध महाशाखाले ललितपुरको इमाडोलबाट रेड पान्डाको छालासहित ६ जनालाई पक्राउ गरेको छ।

महालक्ष्मी नगरपालिका–४ स्थित दीपक लिम्बुको कोठाबाट अन्दाजी तीन फिट तीन इन्च लम्बाइ र एक फिट चौडाइ भएको दुर्लभ रेडपान्डाको छालासहित उनीहरुलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ४३ वर्षीय सुनिल गोले, २४ वर्षीय प्रकाश तामाङ, भोजपुरका ४१ वर्षीय सनकुमार राई, खोटाङका १८ वर्षीय सोनाम राई, ताप्लेजुङका ३४ वर्षीय दीपक लिम्बु र सिन्धुलीका २४ वर्षीय अम्बर बहादुर तामाङ रहेका छन्।

पक्राउ पर्नेहरुलाई जिल्ला वन कार्यालयमा बुझाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *