बुटवल बहुमुखी क्याम्पसका सहप्राध्यापक डा. पौडेलको दुर्घटनामा निधन

समाचार

बुटवल- बुटवल बहुमुखी क्याम्पसका सहप्राध्यापक/सहायक क्याम्पस प्रमुख डा. शिव पौडेलको निधन भएको छ ।

तिलोत्तमा नगरपालिका १ स्थित आफ्नै घरमा स्कुटर सिक्ने क्रममा ठोक्किदा उनको मृत्यु भएको बुटवल बहुमुखी क्याम्पसका प्रमुख डा. खिमानन्द न्यौपानेले जानकारी दिए ।

स्कुटरसँग घरको भित्तामा ठोक्किएर घाइते भएका उनको उपचारको लागि मणिग्रामको क्रिमसन अस्पतालमा लैजादै गर्दा मृत्यु भएको हो । पौडेलले असोज १ गतेदेखि सहायक क्याम्पस प्रमुखको जिम्मेवारी समेत सम्हालेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *