घोडा चढ्दा लडेर सामान्य घाइते भएका मुख्यमन्त्री शाहीलाई हेलिकोप्टरबाट उद्दार

समाचार

घोडाबाट लडेर सामान्य घाइते भएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई हेलिकोप्टरबाट उद्दार गरिएको छ ।

हुम्लाको सदरमुकामबाट सिमकोट गाउँपालिका वडा नम्बर तीनको तोर्पा, बरगाउँदै हुँदै लिमाटाङ्ग जाने क्रममा शाही दुर्घटनामा परेका हुन ।

शाही हुडि गाउँ र लिमाटाङ्ग गाउँको विचमा पर्ने खोलामा घोडाबाट लडेर सामान्य घाइते भएका छन ।

सदरमुकामबाट गाडीमा सवार भएका मुख्यमन्त्री शाहीलाई यहाँका स्थानीय लामा समुदायहरुले घोडामा चड्नका लागी स्वागत गरेपछि उक्त घोडाबाट लडेर मुख्यमन्त्री शाही सामान्य घाइते भएका हुन् । मुख्यमन्त्री शाहीले चडेको घोडा तर्सिदा लडेर घाइते भएको बताइएको छ ।

मुख्यमन्त्री शाहीलाई अहिले हेलिकप्टरमार्फत सिमकोट ल्याइएको छ । मुख्य शाहीसँगै कर्णाली प्रदेशका प्रतिपक्षदलका नेता जीवन बहादुर शाही, नेकपाका केन्द्रिय सदस्य विजय भण्डारी, कर्णाली प्रदेशका प्रवक्ता बिमला केसी लगायतका नेता तथा कार्यकर्ताको उस्थित रहेको थियो ।

कर्णाली प्रदेशका प्रतिपक्षदलका नेता जीवन बहादुर शाही, नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज विजय भण्डारी हेलिकप्टरमा मुख्यमन्त्री शाहीलाई उद्धार गरी सिमकोट पुगेका छन् । सिमकोट पुगेका मुख्यमन्त्री शाहीको अवस्था सामान्य रहेको जनाइएको छ । केटिएमदैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *