कुवेतमा काम सकेर कोठामा फर्कदै गरेका दुई नेपालीको गाडी दुर्घटनामा मृत्यु

समाचार

कुवेत / कुवेतको सिजिजिसी कन्स्ट्रक्सन कम्पनीको स्टाफबस दुर्घटनामा काम सकेर कोठामा फर्कदै गरेका दुई जना नेपाली श्रमिकको मृत्यु भएको छ। मृत्यु हुनेमा जाजरकोटका ३२ बर्षिय दिपक सिंह ठकुरी र नेपालको ठेगाना खुल्न बाँकी ३२ बर्षिय पल बहादुर पुन रहेका छन ।
गत बुधवार विहान ४ बजे काम सकेर कोठामा फर्किने क्रममा उक्त दुर्घटना भएको थियो । सो दुर्घटनामा अर्का एक विदेशी नागरिकको पनि मृत्यु भएको छ ।

नेपाली राजदूतावास कुवेतका द्धितिय सचिव श्रीकृष्ण सिलवालले सिजिजिसी कम्पनीको स्टाफ बसलाई विपरित दिशाबाट आएको अर्को सवारी साधनले ठक्कर दिदा उक्त दुर्घटना भएको जानकारी प्राप्त गरेको बताए । घटनामा जाजरकोटका दिपक सिंह ठकुरीको बुधबारकै दिन र पल बहादुर पुनको उपचारको क्रममा बिहिबार मृत्यु भएको दूतावासले जनाएको छ ।

कम्पनिले राजदूताबासमा सम्पर्क गरि सकेको र मृतकहरुको परिवारसंग समन्वय गर्दै शव व्यवस्थापन, क्षतिपूर्ति लगायतका विषयमा दूतावासले प्रकृया अगाडी बढाउने जानकारी दिएको छ । देशपरदेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *