मनोज गजुरेलकी पूर्वपत्नीको भावुक स्टाटसः तिमी सिकिस्त भएको सहनै नसक्ने रहेछु, अझै मैले उत्तिकै माया गर्छु तिमीलाई

समाचार

कप्रिय हास्य कलाकार मनोज कोरोना संक्रमित भइ आईसीयूमा उपचार रहेका बेला उनकी पूर्वपत्नी मीना ढकालले शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् । गत कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएका उनी पछिल्लो समय थप समस्या देखिएपछि सशस्त्र प्रहरी अस्पतालको आईसीयूमा उपचाररत रहेका छन् ।

उनी आईसीयूमा भर्ना भएपछि मीनाले सामाजिक सञ्जालमा एक भावुक स्टाटस लेख्दै दुई सन्तानको जन्मदाताको रुपमा आजपनि गजुरेललाई उत्तिकै सम्मान गर्छु र माया गर्ने बताएकी छिन् ।

 

‘जिन्दगीले जुनसुकै मोड अख्तियार गरेको भएपनि तिमी कुनै समयको मेरो प्रेमी थियौ । मेरो आफ्नै जन्म दातालाई भन्दा बढी प्रेम तिमीलाई गरेरै तिमीसँग एकाकार भएकी थिएँ । हामी एक भएका थियौँ र म परम्परा अनुसार तिम्रो सिँदुरको ऋणी भएकी थिएँ’, उनले लेखेकी छिन्, ‘तिम्रो सेवालाई मेरो परम धर्म ठानेर तिमी संग मैले जिवनका विसौँ बर्ष पार गरेकी छु । तिम्रो र मेरो आत्मियताका साक्षी दुई प्राण छोरा र छोरी जन्माएकी छु। केही अपवादलाई बाहिर राखेर र मेरा केही खुशीहरूको गला रेटेरै पनि मैले तिमीलाई मेरो सिंगो जिन्दगी अर्पण गरेकी थिएँ । भलै समयले तिम्रो र मेरो बिचमा दुरी ल्यायो होला फेरिपनि मेरा दुई सन्तानको जन्मदाताको रुपमा आजपनि म तिमीलाई उत्तिकै सम्मान गर्छु र माया गर्छु। आज तिमी आईसियुमा उपचारारत छौ भन्ने समाचारले मलाई वि़क्षिप्त बनायो । जतिसुकै मनमुटाव भएको भएपनि तिमी सिकिस्त भएको म सहन नसक्ने नै रहेछु आज महसुस भइरहेछ।’

उनले गजुरेलको सुस्वास्थ्यको कामना गर्दै अगाडि लेखेकी छिन्, ‘तिम्रो जीवनसँग मेरा दुई सन्तान पनि जोडिएका छन। तिमी ठिक छौ र त उनीहरु ढुक्क छन, सुरक्षित छन् । छुट्टै भएपनि टाढै भएपनि तिम्रो सलामतीले मात्रै मेरा सन्तान सलामत छन\, म यो रियलाइज गरिरहेछु ।’

उनले मनोज गजुरेल छिट्टै हार मान्ने मान्छे नभएको भन्दै आफूले उनका लागि बिसौँ तीजका निराहार ब्रत बसेको र आज पनि दीर्घायुको कामना गर्न नछाडेको बताउँदै छोराछोरी घरमा प्रतिक्षामा रहेको भावुक सन्देश लेखेकी छिन् । उनले भनेकी छिन्, ‘तिमी र म बीच जस्तोसुकै व्यवहारिक बेमेल भएपनि तिम्रो जीवन मेरोलागि महत्वपूर्ण छ– हार नमानिदेउ । छिट्टै रिकभर भएर घर पुगेको देख्न पाउँ !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *