२४ घण्टामा ४५०० जना कोरोनामुक्त

समाचार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ९०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९०९ जनालाई कोरोना पुष्टि भएको हो ।

हाल आइसोलेसनमा ३४ हजार ९०५ संक्रमित छन् भने १ हजार २५४ जना क्वारेन्टिनमा छन् । यो सँगै संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ ।

जसमध्ये १ लाख ५२ हजार ९०८ जना निको भएका छन् । यसैबीच २४ घण्टामा ४५०० जना कोरोनामुक्त भएका छन् । यस्तै २४ घण्टामा थप १८ संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १०७० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *