कुवेतमा ड्युटी सकेर आवासमा फर्किने क्रममा सडक दुर्घटनामा परि ३२ वर्षीय दिपक सिंह ठकुरीको मृ’त्यु

समाचार

कुवेत – कुवेतमा सडक दुर्घटनामा परेर एक नेपाली युवकको मृत्यु भएको छ। सडक दुर्घटनामा बारेकोट गाऊँपालिका-४ जाजरकोटका ३२ वर्षीय दिपक सिंह ठकुरीको मृत्यु भएको हो। मृतक ठकुरी विगत ३ वर्षदेखि कुवेतको सीजीजीसी कम्पनीमा काम गर्दे आएका थिए। उक्त कम्पनीमा कार्यरत यमराज छिनालका अनुसार उनलाई सडक पार(क्रस) गर्ने क्रममा विपरित दिशाबाट आएको मालवाहक गाडीले ठक्कर दिएको थियो।

रात्री(नाइट) ड्युटी सकेर आवासमा फर्किने क्रममा बुधवार विहान करिव ४ बजे उनलाई टिप्पर गाडीले ठक्कर दिएको थियो। ऊनका नेपालमा एक ६ वर्षीया छोरी, ४ वर्षीय एक छोरा र श्रीमती छन्। घटनाबारे कम्पनीले कुवेतस्थित नेपाली दूतावासलाई जानकारी गराइसकिएको छ भने, दूतावासले पनि कम्पनीसँग समन्वय गरेर उनको शवलाई नेपाल पठाउने प्रक्रिया अघि बढाइने जनाएको छ।

त्यस्तै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको विनयीत्रिवेणी गाउँपालिका–३ मा टिपर भिरबाट खस्दा आज दुई जनाको मृत्यु भएको छ ।

विनयीत्रिवेणी गाउँपालिका–३ भुटुकेडाँडा सल्लाघारीस्थित भित्री सडकखण्डमा होङ्सी सिमेन्ट कम्पनीबाट पाप्पाको ज्यामिरे भुटुकेतर्फ जाँदै गरेको २–०३–००१ क ००७५ नम्बरको टिपर दुर्घटनामा परेको हो । भिरबाट करिब तीन सय मिटर तल टिपर खस्दा चालक बारा सिमरा बस्ने ४२ वर्षीय रामहरी थापा र सहचालक सोही ठाउँ बस्ने ३५ वर्षीय राजेन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवपुरका सूचना अधिकारी बिशाल तामाङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *