२४ घण्टामा थप तीन हजार ५१ संक्रमित थपिए : १८ जनाको मृत्यु

समाचार

काठमाडौं :  पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ५१ कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् ।  योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा तीन हजार ४ सय ३० जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या १ लाख ४८ हजार ४०८ पुगेको छ ।

एकै दिन १८ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या भने हजार ५२ पुगेको मन्त्रालयले जनाएको छ । अहिले ३६ हजार ५१४ जना आइसोलेशनमा छन् ।

मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा ७९७ पुरुष र ६०१ महिला गरेर १३ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ । अहिले काठमाडौंमा ११ हजार ३५९, भक्तपुरमा १७ सय ३० र ललितपुरमा १८ सय ९१ जना आइसोलेशनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *