आज चर्चित गायक प्रमोद खरेलको जन्मदिन, देश विदेशबाट शुभकामनाको आइरो

मनोरञ्जन

काठमाडौं । आज चर्चित गायक प्रमोद खरेलको जन्मदिन परेको छ । उनको जन्म २० कार्तिक २०३६ मा भएको थियो । उनले सामाजिक सञ्जालमार्फत यसबारेमा जानकारी दिएका छन् ।

उनले लेखेका छन्, ‘आज कार्तिक २०, मेरो विशेष दिन जन्म दिने सृष्टिकर्ता, यो जन्म लाइ सदिक्षा, आशीर्वाद, स्नेह र माया दिएर सार्थक बनाइदिनु हुने हजुरहरु सबै प्रति नमन’ । उनलाई सामाजिक सञ्जालमा देश विदेशबाट शुभकामना दिनेको आइरो लागेको छ । केही मिनेटमा नै सयौँ शुभकामना आइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *