‘खुला मञ्‍चमा धेरै धुलो भयो, पार्टी प्यालेसमा खाना खुवाउनू, महानगरले पैसा तिर्छ’

समाचार

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बेरोजगार तथा गरिब असहायलाई खुलामञ्चको साटो पार्टी प्यालेसहरुमा खाना खुवाउन आग्रह गरेका छन्।

शाक्यले स्वयम्सेवी संघ संस्थाहरुलाई पार्टी प्यालेसहरुमा खाना खुवाउने व्यवस्था गरेमा महानगरपालिकाले खर्च व्यहोर्ने बताएका हुन्। खुलामञ्चमा खाना खुवाउन रोकेपछि चर्को आलोचना भइरहेका बेला महानगरपालिकाले बुधबार पत्रकार सम्मेलन गर्दै यस्तो भनेको हो।

सार्वजनिकस्थलमा खाना खुवाउँदा धुवाँ धुलो हुनाले मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने उनको तर्क छ। उनले भने,‘महानगरपालिका पनि सामाजिक कार्यमा सक्रिय छ। महानगरको ३२ वडामै ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ भन्ने नारा लिएर अघि बढेको छ। खाना खुवाउने संघ संस्थाले पार्टी प्यालेसमा खाना खुवाउने व्यवस्था मिलाउनुस्। महानगरपालिकाले खर्च व्यहोर्छ।’

महानगरपालिकाले खुलामञ्चमा निःशुल्क खाना वितरण अभियानलाई रोक लगाएपछि प्रमुख शाक्यको चर्को आलोचना भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *