पूर्वसभामुख महरा पत्नी सीताको अन्त्येष्टि

समाचार

काठमाडौं । पूर्वसभामुख तथा नेकपाका सांसद कृष्णबहादुर महरा पत्नी सीता महराको दाहसंस्कार भएको छ । निमोनियापछि अस्पताल भर्ना भएकी सीताको बुधबार बिहान निधन भएको थियो ।

निमोनिया भएपछि अस्पताल भर्ना भएकी उनको पीसीआर परीक्षण पोजेटिभ आएको थियो । उपचारकै क्रममा बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएकी सीताको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो ।

विद्युतीय शवदाह गृहमा उनको अन्त्येष्टि गरिएको हो । अन्त्येष्टि गर्नु अघि आर्यघाट परिसरमा पूर्वसभामुख महराले दिवंगत पत्नीको पार्थीव शरीरमा माल्यार्पण गरेर अन्तिम श्रद्धाञ्जलि दिएका थिए ।

सीताको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओली, विभिन्न राजनीतिक दलका नेता कार्यकर्तालगायतले दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरिरहेका छन् ।

महरा र सीताका बीच २०३५ सालमा विवाह भएको थियो। उनका दुई छोरा र दुई छोरी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *