सप्तरीमा कार र रिक्सा ठोकिकँदा दुईजनाको मृत्यु, ५ जना घाइते

समाचार

सप्तरी, कार्तिक १७ गते ।

सप्तरीमा रिक्सा र कार एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । अन्य ५ जना घाइते भएका छन् ।

आइतबार साँझ पूर्वपश्चिम लोकमार्ग अन्तर्गत कञ्चनरुप नगरपालिका २ बरमझियामा पूर्वबाट पश्चिमतर्फ जादैँ गरेको बा.२१ च ६३९ नम्बरको कार र पश्चिमतर्फबाट पूर्वतर्फ जादै गरेको को २ ह ३४९८ नम्बरको सिटि रिक्सा एकआपसमा ठोकिदा ७ जना घाइते भएका थिए ।

गम्भीर घाइते हनुमानगर कंकालिनी नगरपालिका २ का ७० बर्षिय द्वारिकाला दास र सोही नगरपालिका वडा नं. १ का ७० बर्षिय बद्री मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दुबैजनाको कोशी अञ्चल अस्पतालमा उपचार क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी भुवनेश्वर साहले जानकारी दिए ।

कञ्चनरुप नगरपालिका वडा नम्बर ८ बजार स्थित स्वर्गिया रामभरोसी गुप्ताको श्राद्धको भोज खाएर फर्किने क्रममा साधुसंतहरु सावार अटो रिक्सालाई कारले ठक्कर दिएको थियो । टुडेपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *