देखाए यस्ता रवाफ दिल निशानीले, आखिर किन ? उनले आफ्नो बदनाम आफै गरेको होइन र ? पुरा विवरण हेर्नुहोस् उनि भित्र काला धब्बाहरु यस्ता छन् !

Uncategorized

दिल निशानी मगर पनि गज्जबका मानव रहेछन । अबसरबादीहरुका थरिथरिका रङ्ग चिन्नै गाह्रो । उनि प्रबासी भुमि युएई बसेर कलम चलाउदा फरक थिए तर जब उनि नेपाल पसे कलमको स्वरूप नै बदलियो ।

भन्नुको अर्थ हिजो पृथ्वी नारायण शाहलाई ‘इतिहास जितेका पृथ्वीनारायण र हारेका हामीहरू…’ भन्दै लामो कथन लेख्थे । आज फेरी यिनै दिल निशानी मगरले ‘को हो पृथ्वीनारायण शाह ? म चिन्दीन’ भन्न भ्याए र आफ्नो भ्रमित औकात देखाए ।

मिति २०७१ पौष २७ गते आइतबार, पृथ्वी जयन्तिको दिन ठिक ०९ बजेर ११ मिनेट ४२ सेकेन्डमा सेतो पाटी अनलाइनमा प्रकाशित दिल निशानिको लेख ‘इतिहास जितेका पृथ्वीनारायण र हारेका हामीहरू…’ हेर्नु भयो भने राष्ट्र प्रेम, एकता र सद्भाव भेटिन्छन ।

आज ठिक ३ वर्ष पछी (२०७४) दिल निशानी मगरले पृथ्वी जयन्ति नै भुली सकेका रहेछन र भन्न थाले छन् ‘पृथ्वीनारायण शाहले नेवार मात्रै २८ हजार मारे। अनि यिनले राष्ट्रिय एकता चाँहि को संग गरे? ढुगा माटो संग? आज नेपालको पहिचान के हो? पशुपतिनाथको हगुरे जोगी?’ भन्दै कडा बिरोध गरे ।

अचम्म यहि नेर छ ‘ उहिले पृथ्वी जयन्तिको भजन गायर ताली पाए अहिले मान्छे मारे भने पछी गालि पाए ?

उनको लेख ‘इतिहास जितेका पृथ्वीनारायण र हारेका हामीहरू…’ को अन्तिम हरफ हेर्नु भयो भने सबैलाई राष्ट्रिय एकता र सद्भावको संदेश दिएका छन्, उनले त्यहाँ लेखेका छन् ‘अहिले मुलुक एकीकरणको ठीक बिपरित बिखण्डिकरणको दिशामा अगाडि बढिरहेको छ।

पृथ्वी सानो भएर एकै ठाँउ खुम्चिइरहेको बेला प्राचिन जातीय राज्यहरूको आधारमा नयाँ नेपालको सपना देखाइएको छ। अनि एकीकरणलाई एउटा एतिहासिक अपराध जस्तो गरेर चारैतिरबाट आलोचना तथा घेराबन्दी गर्ने काम भइरहेको पाइन्छ।

यसले ढिलोचाँडो हामी बिचको भाइचारा, देश प्रेम तथा भौगोलिक एकताको शान,मान र मायालाई टुटाउने निश्चित प्रायः छ। त्यसकारण देशलाई बिखण्डन गर्नुपूर्व कम्तिमा पनि दश पटक सोचौ।’

तर बिडम्बना उहिले १० पटक सोचेर पृथ्वी नारायण शाह बारे सोच्नेले अहिले निशानी मगरले दश पटक होइन एक पटक पनि सोच्न छोडे छन्, यो दुखद कुरा हो ।

सेतो पाटीको उक्त लेखमा राजा पृथ्वी नारायण शाहालाई लगाइएका केहि आरोपहरूलाई समेत बुँदागत रुपमा खण्डन गरेका छन् र सत्य यस्ता थिए भन्दै पृथ्वी जयन्तिको भजन गएका छन् । तर आज राजनीतिका बेश्या नेताहरु जस्तै ९० डिग्रीमा आफ्नो लेखन शैली बदलेका छन् ।

उहिले विप्लव भक्त मानिन्थे अहिले प्रचण्ड भक्त मानिन्छन । यो पनि एउटा औकातको राम्रो उदाहण हो । उहिले लेखक बन्न बाम्मे सर्दै गर्दा गज्जब लेख्थे, सबैले मन पराउथे, दिले हाइ हाइ भन्थे । अहिले दिले बाई बाई भन्न थालेका छन् ।

खण्डनको अन्तिम सार केहो भने ? हरेक मान्छेमा बैचारिक अडान हुनु पर्छ, मुख छ भन्दैमा प्याच्च बोलिहाल्ने, चाख छ भन्दैमा थुच्च बसिहाल्ने होइन ! उसो त दिल निशानी मात्र होइन नेपालका बरिष्ठ लेखक तथा विश्लेषक भन्निनेहरु बाट सावधान हुनु ।

उनीहरु कलम घुमाएर कालोलाइ सेतो र सेतोलाइ कालो भन्न भ्याउछ्न र नागरिकहरुको दिमाग सिधा कन्फ्युज बनाइ डलर कमाउन तल्लिन छन | रंगपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *