भालुवाङलाई मैले राजधानी बनाएको हुँ : रायमाझी

समाचार

अर्घाखाँची, कात्तिक १६ । नेकपाका नेता टोपबहादुर रायमाझीले लुम्बिनी प्रदेशको राजधानी भालुवाङ्गलाई कायम गर्न आफ्नो भूमिका महत्वपूर्ण रहेको दावी गर्नुभएको छ ।

जिल्लाको भुमिकास्थान नगरपालिका धनचौर स्वास्थ्यचौकीको नवनिर्मित भवनको आइतबार उद्घाटन गर्दे उहाँले अर्घाखाँचीलाई समेटेर दाङको भालुवाङ्ग राजधानी समेट्नु नै आफ्नो उदेश्य रहेको बताउनुभयो ।

उहाँले भालुवाङमा प्रदेश राजधानी भएसंगै धनचौरलगायत दक्षिणी क्षेत्रको विकासले गति लिने पनि बताउनुभयो ।

सडकको स्तरोन्नती, स्वास्थ्य र शिक्षासंगै हरेक क्षेत्रमा आमनागरिकले प्रत्यक्ष लाभ लिने गरि विकास हुने उहाँको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *