सङ्क्रमित बिधार्थीले सङ्क्रमणमुक्त भएको १५ दिनपछि कक्षा १२ को परीक्षा दिन पाउने

समाचार

काठमाडौं, १६ कात्तिक ।  यस बर्ष कोरोनाका कारण कक्षा १२ को वार्षिक परीक्षा ढिलो गरि मंसिर ९ गते देखि संचालन गर्ने गरि तयारी भैरहेको छ । यसका लागि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरिसकेको छ भने तयारी तीव्र पारेको छ । कोरोना महामारीको समयमा हुन लागेको कक्षा १२ को परीक्षाका लागि देशभर ४,५०० परीक्षा केन्द्र कायम गरिएको छ ।

उपत्यकाबाहिर घर नजिकको विद्यालयमा पनि परीक्षा दिन पाउने व्यवस्था बोर्डले गरेको छ । तर, उपत्यकामा भने बोर्डले तोकेको परीक्षा केन्द्रमा नै गएर मात्र परीक्षा दिनुपर्नेछ । यो अवधिमा कोभिड–१९ पोजिटिभ वा आइसोलेनसमा बसेका विद्यार्थीले परीक्षा दिन पाउने छैनन् ।

उनीहरूका लागि छुट्टै व्यवस्था मिलाइनेछ। सङ्क्रमित व्यक्तिले सङ्क्रमणमुक्त भएको १५ दिनपछि परीक्षा दिने व्यवस्था मिलाइएको बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलले जानकारी दिए ।

कुनै परीक्षार्थी यो बीचमा कोरोना सङ्क्रमित भए या आइसोलेनसमा बसेको पाइए निको भएपछि परीक्षा लिने व्यवस्था मिलाइएको उनको भनाइ छ। कोभिड–१९ पोजिटिभ रिपोर्ट विद्यालयमा पेस गरेपछि त्यसको कम्तीमा १५ दिनपछि परीक्षा लिने व्यवस्था मिलाइने उनले बताए।

कक्षा–१२ मा ४ लाख ३३ हजार ६ सय विद्यार्थीले परीक्षाका लागि फाराम भरेका थिए। गत वैशाख ८ गतेदेखि तोकिएका परीक्षा अन्तिम समयमा आएर स्थगित भएको थियो। अब मंसिर ९ गतेदेखि बिहान ८ बजेदेखि साढे ९ बजेसम्म परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *