जहाँ ६ महिनाभन्दा धेरै समयदेखि एउटा पनि कोरोना केस छैन, यो देशले विश्वलाई चकित पार्दै

अन्तर्राष्ट्रिय

काठमाडौं। कैयौं देशहरुमा कोरोनाभाइरसको दोस्रो लहर सुरु भइसकेको छ । कतिपयले त अहिले तेस्रो लहरको समेत सामना गरिरहेका छन् । तर, विश्वमा एउटा यस्तो देश पनि छ जहाँ ६ महिनाभन्दा धेरै समयदेखि कोरोनाभाइरस संक्रमणको एउटा पनि घरेलु अर्थात स्थानीय केस आएको छैन । कोरोनाभाइरसबाट सबैभन्दा पहिले प्रभावित भएको देश चीनको छेउमा रहेको ताइवानले कुनै पनि घरेलु संक्रमणको केसबिना २ सय दिन अर्थात ६ महिना २० दिन पूरा गरेको छ।

अल जजीराको रिपोर्टअनुसार ताइवानमा अहिलेसम्म कोरोनाभाइरसका केस केवल ५५० मात्रै छन् र यहाँ ७ जनाको मात्र मृत्यु भएको छ । सबैभन्दा पहिले संक्रमण फैलिएको चीनको वुहान शहरसँग दैनिक उडान भएर पनि ताइवानले सुरुदेखि नै संक्रमण रोक्न प्रभावकारी कदम चाल्दै आएको छ । ताइवानमा कोरोनाभाइरस संक्रमणको अन्तिम घरेलु केस १२ अप्रिलमा भेटिएको थियो । त्यसयता त्यहाँ कुनै पनि घरेलु केस भेटिएको छैन । ताइवानको जनसंख्या २ करोड ३० लाख छ।

विशेषज्ञका अनुसार सुरुवाती समयमै सीमा बन्द गरेर घरेलु संक्रमणका केसको यात्राको पूरै निगरानी गरेका कारण ताइवान कोरोनाभाइरसमाथि जीत हासिल गर्न सफल भएको हो । ताइवानले निकै कडाइका साथ कन्ट्याक्ट ट्रेसिङ गरेको थियो । प्रविधिको प्रयोग गर्दै क्वारेन्टाइनको नियम बनाएको थियो र सबैका लागि मास्क अनिवार्य गरेको थियो । सार्स महामारीको अनुभवले पनि ताइवानलाई यो महामारीसँग जुृध्न सहज भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *