दुई हप्तादेखि परिवारको सम्पर्कबाहिर थिए, जंगलमा आज भेटियो श’व

समाचार

कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जङ्गलमा आज बिहान दुई जनाको श’व भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जङ्गलमा कैलालीको गोदावारी नगरपालिका–११ का १५ वर्षीय टेकबहादुर कोली र १६ वर्षीय सीता साउदको श’व भेटिएको हो।

 

दुवै जना गत असोज २८ गतेदेखि परिवारको सम्पर्कबाहिर रहेको र आज बिहान जङ्गलमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।

‘दुवै जना २८ गतेदेखि परिवारको सम्पर्क बाहिर रहेको बुझिन आएको छ’ प्रवक्ता थापाले भने, ‘घटनास्थल नजिकै सल्फास नामक विषादीको बट्टा पनि भेटिएको छ।’

घटनाको विस्तृत अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झलारी र कृष्णपुरको गुलरीया प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ।

प्रहरीले कोलीको शव सडिसकेको अवस्थामा भेटिएको जनाएको छ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *