प्रहरीले भेट्टाएको लाख रुपैयाँको झोला सम्बन्धित व्यक्तिलाई बुझायो

समाचार

धनगढीः इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरीले भेटाएको करिब एक लाख नगद, मोबाइल र गहना सम्बन्धित व्यक्तिलाई बुझाइएको छ ।

बिहीबार दिउँसो साढे ४ बजेको समयमा टीकापुर–लम्की सडकखण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दार नरबहादुर ठगुन्नाले सडक किनारमा रातो ढाकाको लेडिज ब्याग फेला पारेका थिए ।

उक्त झोलाभित्र ९९ हजार ६ सय ४० नगद, मोबाइल, एक जोर पाउजु र एटीएम कार्ड रहेको थियो ।

झोला टीकापुर नगरपालिका–१ ब्लक नं १९ का मञ्जु कुँवरको रहेको र उनलाई बोलाई जिम्मा लगाएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *