दुखद खबर: जीप दुर्घटना हुदाँ १ जनाको मृत्यु, २ जना गम्भीर घाइते

समाचार

म्याग्दीको ठाडाखानीबाट सदरमुकाम बेनी आउँदै गरेको जीप बेनी–गलेश्वर सडक खण्डमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।

११ जना यात्रु सवार ध१ज ८९६ नम्बरको जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा १० वर्षीया रिया विकको मृत्यु भएको तथा चालकसहित २ जना गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी दत्तप्रसाद चौधरीले लोकान्तरलाई जानकारी दिए । दुर्घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लोकान्तरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *