कोरोना कहर– रोजगारी गुमेपछि छाक टार्न सडकमा भौतारीदै विष्णु र अमर (भिडियो)

भिडियो

चितवन । नबलपरासी डन्डाका बिष्णु भुजेल रोजगारी गुमेपछि सडकमा पुगेका छन । यसअघि खाइरहेको जागिर गुमेपछी अहिले हातमुख जोड्नकैलागी उनि सडकमा भौतारिरहेका छन । सडकको छेउ किनारमा प्लास्टिकका बोतल, फालेका कार्टुन लगायत कबाडि सामाग्री खोज्नु उनको दैनिकी नै बनेको छ ।

भुजेल सडकमा आउनुभन्दा पहिले चितवनस्थित भरतपुरमा रहेको एउटा धान कुट्ने मिलमा मिल चालक थिए । उनले त्यहा १५ हजार तलब पाउथे । त्यतिले जे जस्तो भएपनी आफूसगै परिवारको पनि खर्च चलेकै थियो । उनले आजको दुखद दिन आउला भन्ने सोच्न त के सपनामा पनि देखेका थिएनन। तर जे कुरा सोच भन्दा बाहिरको थियो त्यहि कुरा बाध्यता बनेर जिबनमा आइदियो ।
हिजोको अनुकुल परिस्थितिलाई प्रतिकुलताले अठ्याएपछि बिस्णुले सडकमा झर्नुको बिकल्प देखेनन । नदि जताजता बग्छ, जसरी छल्किन्छ त्यसैगरी काठको टुक्रा पनि बग्छ हो त्यसैगरी बिस्नु पनि प्रतिकुल परिस्थितिको सिकार बनिरहेका छन ।

कोरोना भाइरस नेपाल प्रबेस गरेसगै उनको जिबनमा दुखको समय सुरु हुन्छ । चिनबाट सुरुभएको कोरोना भाइरसका कारण पूरा नेपाल लकडाउन भयो । सबै उध्योग कलकारखाना, बजार पसल यातायात सबै बन्द भए । महिनौदेखिको लकडाउन लम्बिदै जादा अलिअली भएको पैसा पनि सकियो, हातमुख जोर्न समेत गाह्रो पर्नथाल्यो । सरकारी देखि निजि छेत्र सबै कोरोनाको चपेटामा परेको बेला बिस्नुलाइ काम गर्ने मन भएपनी कतै पाइएन ।

“अभाव भयो भनेर चोर्न, ढाट्न भएन, बोतल खोजेर भए पनि खानुपर्योनी सर“ बिस्नुले यति भन्दा उनका आँखामा आशुका ढिका झर्न थाल्यो । विष्णु एक उदाहरण पात्र मात्र हुन । उनिजस्ता सयौं हजारौले रोजगारी गुमाएका छन भने हातमुख जोद्न अरुको भरपरिरहेका छन ।
बिस्नुसगै हिड्ने मोरङ घर बताउने अमर बहादुर कुमालको पनि अवस्था उस्तै छ । उनी यसअघि घर बनाउने मिस्री काम गर्थे । उनको पीडा पनि बिस्नुको भन्दा कम छैन । उनिहरु केही समयदेखी सगै हिड्क्सन, विभिन्न सामाजिक संघ सस्थाले निसुल्क दिने खाना खान्छन । अहिले उनिहरुको खाने, बस्ने बलष् सुत्नेको कुनै टुङो हुदैन ।

चर्को घाम, रातको चिसो नभनी जम्म्मा गरेर कबाडी बेचेपछी थोरै भए पनि पैसा आउँछ । अनि त्यै आएको पैसाले छाक टारौला, तिर्खा मेटौला भन्दैगर्दा त्यही पैसा पनि लुटिन्छ । उनिहरुका अनुसार आफुहरु जस्तै कबाडी खोज्ने केटाहरुको समुहले पैसा लुट्नेगरेका छन । अमरले भने बल्ल बल्ल अलिकति पैसा जम्मा गरेको थिए, घर खर्च बचाएर राखेको थिए त्यैपनि लगीदियो ।

हुनत अहिले लकडाउन खुलेसगै सवै कुरा बिस्तारै सामान्य बन्दै गैरहेको छ । तर बिस्नु र अमर जस्ता ब्यक्तिहरु हाम्रो देसमा अझै धेरै तनाबमा छन, अभाबसग जुधिरहेकाछन । यसप्रती सरकार, सरोकारवाला निकायको ध्यानाकर्षण हुन आवश्यक छ । osnepal बाट

तलको भिडियो हेर्नुहोस :

Leave a Reply

Your email address will not be published. Required fields are marked *