वीर अस्पतालका स्वास्थ्यकर्मीको मृत्युको कारण ‘कोरोनाले फोक्सो ड्यामेज !’

समाचार

काठमाडौं । वीर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी कालु सिंहको मृत्युको कारण कोरोना भाइरसको संक्रमणका कारण फोक्सोले कामै नगर्दा भएको खुलेको छ ।

मुटुरोगीसमेत रहेका सिअहेब सिंहको कोरोना भाइरसको संक्रमणले ‘फोक्सो ड्यामेज’ भएको वीर अस्पतालका चिकित्सकहरुले बताएका छन् । कोरोना मुक्त भएका सिंहलाई हिजो बिहान एक्कासी स्वासप्रश्वासमा समस्या भएको थियो । उपचारका लागि अस्पताल ल्याएको एक घन्टामै उनको मृत्यु भएको थियो ।

सिंहलाइ पहिलेदेखि नै मुटुको समस्या भएको र फोक्सो ड्यामेज हुँदा मृत्यु भएको वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले जानकारी दिए । उनी वीर अस्पतालको मुटु सम्बन्धी डिपार्टमा कार्यरत कर्मचारी हुन् ।

पहिले नै मुटुको समस्या भएका सिंहलाई कोरोना संक्रमण भएको थियो । कोरोना संक्रमण भएपछि उनको फोक्सोमा समस्या भइ निमोनिया भएको थियो । तर उनीले कोरोना भने जितिसकेका थिए । पिसिआर रिपोर्ट नेगेटिभ आएपछि वीर अस्पतालले उनलाई डिस्चार्ज गरेको थियो ।

कोरोना संक्रमणमुक्त भएपनि कोरोनाले फोक्सोमा पार्ने असर लामो समयसम्म रहने डा.सेन्चुरीले बताए । nagarikkhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *