नायक पलको महान काम, सियोनाको लागि दशै दक्षिणा स्वरुप टिकाकै दिन १ लाख प्रदान

समाज

फिल्म क्षेत्र सुनसान बनिरहेको अवस्थामा केही समययता सेलेब्रेटीले सामाजिक सञ्जाललाई रंगाउँदै आएका छन् । विशेषत चर्चामा आइरहने सेलेब्रेटीहरुले कहिले बलिउडको सिको त कहिले ब्यर्थैको बखेडामा सामाजिक सञ्जाल रंगाउने गरेका छन् ।

कतिपय सेलेब्रेटी भने को रो ना क हरकै बीचमा पनि काममा व्यस्त छन् । त्यसै मध्येका एक हुन् पल शाह । पलले को रो ना कहरकै बीच ५० बढि भिडियोमा काम गरिसकेका छन् । उनले कम्तिमा ६० लाख भन्दा बढि म्युजिक भिडियो मार्फत ४ महिनामा आम्दानी गरेका छन् ।

उनै पल शाहले विजया दशमीको दिन परिवारसँग टिका ग्रहण गरेका छन् । आमा बुबाबाट टिका ग्रहण पछि पलले दक्षिाण स्वरुप विरा मी भनिएकी बालिका सियोनाको स्वास्थ्य उपचारको लागि एक लाख सहयोग गरेका छन् ।

पलले आफ्नो परिवारको तर्फबाट दक्षिणा स्वरुप भन्दै एक लाख सियोनाको परिवारलाई हस्ताणतरण गरेको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् । पलले सियोनाको सिघ्र स्वास्थय लाभको कामना समेत गरेका छन् ।

पछिल्लो समय पल म्युजिक भिडियोमा पूर्ण रुपमा व्यस्त छन् । उनको आफुले आम्दानी गरेको हिस्साबाट २५ प्रतिशत रकम सहयोग र राहतमा खर्च गरेका छन् ।

यस अघि पल फिल्म प्राविधिकहरुलाई रा हत वितरणमा व्यस्त थिए । यस्तै पछि उनी कर्णालीको बा ढि पहिरो पी डितको राहत वितरणमा पनि खटि एका थिए । कर्णालीन्युजबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *