जिप दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु

समाचार

काठमाडौं । जिप दुर्घटनाग्रस्त हुँदा तीन जनाको ज्यान गएको छ । खोटाङमा जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो । जानकारी अनुसार अन्य चार जना घाइते भएका छन् ।

उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १ ज ३४७० नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

बराहापोखरी गाउँपालिका–५ सोह्रखानीमा सोमबार साँझ सात बजेतिर भएको जिप दुर्घटनामा बराहापोखरी गाउँपालिका–६ का ४५ वर्षीय दधुमान राई, बराहापोखरी–६ कै ४० वर्षीय विश्व राई र उदयपुर चौदण्डीगढी नगरपालिका–८ की २० वर्षीया बृहस्पति राईको घटनास्थलमै मृत्यु भएको हो ।

उक्त दुर्घटनामा बृहस्पतिकै श्रीमान २८ वर्षीय छत्रबहादुर राई, उनकै ९ महिने बच्चा दिप्सन राई, चौदण्डीगढी नगरपालिका–८ का ३० वर्षीय दीपक परियार र बराहापोखरी–६ का ३२ वर्षीया नविना राई घाइते भएका हुन् ।

उनीहरुको उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार पुर्‍याइएको खोटाङका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोविन्दप्रसाद साहले जानकारी दिनुभयो । मृतकको शव पोष्ट मार्टमका लागि उदयपुर पठाउने प्रहरीले जानकारी दिएको छ । जनबोलीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *