भ्र’ष्टाचार गरेको र नक्कली सटिफिकेट बनाएको भन्दै पर्यटनमन्त्री भट्टराई पत्नीविरुद्व अख्तियारमा मुद्दा दर्ता

समाचार

नेपाल नर्सिङ परिषद्की रजिस्ट्रार बिन्दा घिमिरेविरुद्व हाम्रो नेपाल हामी नेपाली अभियानले अख्तियार अनुसन्धान आयोगमा मुद्दा दर्ता गराएको छ।

बिन्दा घिमिरे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगश भट्टराई पत्नी हुन् । घिमिरे विरुद्व भ्रष्टाचार विरोधी अभियान हाम्रो नेपाल हामी नेपालीको नर्सिङ विभागले अख्तियार अनुसन्धान आयोगमा भ्र’ष्टाचार गरेको र नक्कली सटिफिकेट बनाएको भन्दै मुद्दा दर्ता गरेको अभियानका संयोजक ज्ञानेन्द्र शाहीले बताए।

आयुर्वेदिक पढेकोलाई नर्सिङको लाइसेन्स वितरण गरेको हुनाले मुद्दा दर्ता गराएका हौं’शाहीले भने । उनले भ्रष्टाचार विरुद्व देशभर आफ्नो अभियान सक्रिय रहेको समेत बताए। शाहीले मन्त्रीको पनि यसमा संलग्नता रहेको हुनसक्ने समेत शंका व्यक्त गरेका छन् । साथै यो मुद्दा अख्तियार अनुसन्धान आयोगको लागि पनि परीक्षा र अख्तियारमाथि जनबिश्वास कायम राख्न मद्दत पुर्‍याउनेमा आफूहरु बिश्वस्त रहेको पनि शाहीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *