गाडीको प्रदुषण जाँच गर्ने ४० वटा नयाँ मेसिन थपिदै,हरियो स्टिकर नटाँसेका सवारीलाई सडकमा गुड्न निषेध

Uncategorized

काठमाडौं । काठमाडौंको चक्रपथभित्र प्रदुषण जाँच पास गरी हरियो स्टिकर नटाँसिएका गाडीको प्रवेश रोक्ने  तयारी सरकारले गरेको छ । थप प्रदुषण जाँच्ने यन्त्र यातायात व्यवस्था विभागले ल्याएपछि केही समयभित्रै यस्तो निषेधित क्षेत्र बढाउने तयारी गरेका हुन ।

सरकारले सिंहदरबार आसपास, पुतलीसडक, ठमेलको त्रिदेवीमार्ग, दरबारमार्ग, विमानस्थल, न्युरोड र दरबार स्क्वायर क्षेत्रमा हरियो स्टिकर नटाँसेका सवारीलाई निषेध गरेको भएपनि त्यसको कार्यान्वयन फितलो छ । प्रदुषण जाँच सरकारसँग तीन वटा मात्रै मेसिन छ । अब भने ४० वटा मेसिन किन्न टेण्डर गरिएको विभागका निर्देशक प्रेमकुमार सिंहले जनाकारी दिए । सरकारले प्रदुषण जाँचमा कडाई नगर्दा यातायात व्यवसायी र सवारीधनीले आफ्नो मोटर बेलैमा मर्मत गर्ने र चुस्त अवस्थामा राख्ने काममा हेलचेक्र्याइँ गर्दै आएका छन् । विभागले पनि सवारीको प्रदुषण जाँचमा हेलचेक्र्याइँ गर्दै आएको छ । निजी सवारी साधनले एक वर्ष र सार्वजनिक सवारी साधनले ६-६ महिनामा प्रदुषण जाँच गरेर विभागबाट हरियो स्टिकर लिनुपर्छ ।

अहिले दुईपांग्रे सवारीको प्रदुषण जाँच हुँदैन । अब ४० वटा नयाँ मेसिन आएपछि देशभरका यातायात कार्यालयमा प्रदुषण जाँच्ने संयन्त्र राख्ने तयारी छ ।जाँचका क्रममा प्रदूषित धुवाँ फाल्ने ठहर भएका गाडीमा पनि तत्कालै रातो स्टिकर टाँस्ने व्यवस्था छैन । कानुनी व्यवस्थाअनुसार प्रदुषण गर्ने सवारी साधनले वर्कसपसम्म मात्र गुड्न पाउँछन् ।

साभार : news24nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *