अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको फेरि यसरी अन्तराष्ट्रिय बेइज्जत गरे

अन्तर्राष्ट्रिय

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको फेरि अन्तराष्ट्रिय बेइज्जत गरेका छन् । राष्ट्रपति ट्रम्पले आफ्ना प्रतिस्पर्धी जो बाइडेनसंग भएको पछिल्लो राष्ट्रपति बहसमा भारतको वायु प्रदूषणलाई अन्तराष्ट्रिय रुपमा आलोचना गरेका हुन् ।

बहसमा उनले भने, ‘चीन हेर्नुहोस्, हावा कत्तिको प्रदूषित छ ? रसियालाई हेर्नुहोस्, भारतलाई हेर्नुहोस् त त्यहाँको हावा कति प्रदूषित छ ?’ डोनाल्ड ट्रम्पको बयान त्यस्तो समयमा आएको छ, जब भारतको राजधानी दिल्लीको अलीपुर क्षेत्रमा हावको शुद्धता इन्डेक्स ४०० पार गरेको छ ।

ट्रम्पले दावी गरे कि अमेरिकामा सबैभन्दा कम कार्बन उत्सर्जन हुन्छ । ट्रम्पले जलवायु परिवर्तनको प्रशंगमा पनि भारत र रसियालाई निशानमा राखेका छन । हालसालै ट्रम्पले आरोप लगाउँदै भनेका थिए, ‘भारत, चीन र रसियाले आफ्नो हावाको गुणस्तरको ख्याल गर्दैनन् तर अमेरिका राख्छ ।’

उनले पेरिस सम्झौतालाई एकतर्फी उर्जा खेर जाने भन्दै अमेरिकालाई त्यस सम्झौताबाट पछि हटेका थिए । जसले अमेरिकालाई गैर प्रतिस्पर्धी राष्ट्र बनाउछ । उनले झनै थप भने यदी भारत त्यही गतिमा जाने हो भने त्यहाँ मानिस बस्न नसक्ने वायु हुनेछ ।

यो बयान आएपछि भारतियहरुले त्यसो भए के हामी मानिस हैनौँ । मानिस नबसेर भारतमा को बसेको छ भन्दै ट्रम्पलाई प्रश्न गरिरहेका छन् । जनबोली बाट साभार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *