काठमाडौं ०४ कार्तिक केही हप्ता अगाडि इन्द्रेणी कार्यक्रममा दोहोरी गाएर रातरात चर्चामा आएका जोडी प्रखर वक्ता रमेश प्रसाईं र गायिका कल्पना दाहालको ताजा अन्तर्वाता एक्सेेन नेपाल अनलाइन टिभीमा सार्वजनिक भएको छ ।
रमेश प्रसाईंलाई सामाजिक सञ्जालमा सक्रिय बनाउन उल्लेखनीय भुमिका निभाएका प्रसाईंका आत्मिय मित्र जीवन बिष्टले अन्तर्वार्ता लिएका हुन् ।
इन्द्रेणीमा गाएको दोहोरी भाइरल बनेपछि गायिका कल्पना दाहालको चर्चा चुलिएसँगै रमेश प्रसाईंसँग नाम जोडेर विवाहका अनेकथरि शिर्षकमा समाचार र भिडियोहरु बाहिरिएको छ ।
तर, यी जोडीले विवाहको कुरा दोहोरीमा मात्र सिमित रहेको स्पष्ट पारेका छन् । मन मिलेमा विवाह असम्भव नभएपनि अहिले चाहिँ हल्ला मात्र रहेको रमेश प्रसाईं बताउँछन् ।
एबिसी टेलिभिजन र युट्युबबाट प्रसारण हुने लोकप्रिय कार्यक्रम इन्द्रेणीमा पछिल्लो समय रमेश प्रसाईं पनि सदस्यका रुपमा भित्रिएका छन् ।
भिडियो हेर्नुहोस् ।