वडा सदस्यले नगरपालिकाका कर्मचारीलाई जबरजस्ती आफ्नो बारी खनाए

समाचार

धनगढी उपमहानगरपालिका वडा नं. ५ का वडा सदस्य भूमीराज जोशीले नगरपालिकाका कर्मचारीहरुलाई जबरजस्ती आफ्नो व्यक्तिगत काममा लगाएको पाइएको छ।

नगरपालिकामा कार्यरत कर्मचारीहरुलाई वडा सदस्य जोशीले २ दिनदेखि आफ्नो बारी खन्ने काममा लगाएको पाइएको हो।

ज्यालादारी रुपमा नगरपालिकामा कार्यरत एक जना कर्मचारीका अनुसार वडा सदस्य जोशीले पहिलो दिन (मंगलबार) स्थायी कर्मचारीहरुलाई बारी खन्ने काममा लगाउने प्रयत्न गरेका थिए। तर उनीहरु इन्कार गरेपछि आज (बुधबार) ज्यालादारीमा कार्यरत कर्मचारीलाई काममा लगाएका हुन्।

वडा सदस्य जोशीले ज्यालादारीमा कार्यरत रामकुमार चौधरी, कालुराम चौधरी, गणेश चौधरी र रमेश तिरुवालाई बारी खन्ने काममा लगाएका हुन्। वडा सदस्य जोशीले प्रत्येक वर्ष नगरपालिकाका कर्मचारीहरुलाई बारी खन्ने काम गराउँदै आएका छन्।

वडा सदस्य जोशीले काममा लगाएको स्वीकार गर्दै भने, ‘उहाँहरु (कर्मचारी) नाली सफाईको काममा आउनुभएको थियो। मैले उहाँहरुलाई एकै छिन बारी खनिदेउ भनेर खन्न लगाए।’

जबरजस्ती आफ्नो व्यक्तिगत काम गराउन पाइन्छ र ? भन्ने सवालमा उनले भने, ‘पाइन्न हजुर, पाइन्न, माफी पाऊँ। नयाँबाटोबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *