काठमाडाैं- एमालेसँग कुरा नमिलेमा काङ्ग्रेस र मधेसकेन्द्रित समूहहरूसँग गठबन्धन बनाउने भित्री योजनामा प्रचण्ड रहेजस्तै प्रचण्डले धोखाधडी गरेमा उपेन्द्र यादवसँग गठबन्धन गर्ने विकल्पमा जान केपी ओलीले आवश्यक वातावरण बनाएका हुन् ।
यतिबेला सरकार गठन र पार्टी एकताका निम्ति कार्यदल बनाएरै गृहकार्य सुरु गरिएको भए पनि शतप्रतिशत विश्वासको स्थिति बनिसकेको छैन ।
अाेलीसँग उपेन्द्रले भने उपराष्ट्रपति, सभामुख र उपप्रधानमन्त्रीसहित गृहमन्त्री मागेका छन् । त्यसक्रममा एमाले नेतृत्व यादवलाई उपराष्ट्रपति र उपप्रधानमन्त्रीसहित गृहमन्त्री दिन तयार भएको र सभामुखको बारेमा सकारात्मक भएको बताइएको छ । तर, एमालेले सभामुख आफैँसँग राखेर उपसभामुख उपेन्द्र यादवलाई सुम्पने सम्भावना ज्यादा छ ।
घटना र विचारका अनुसार यादवसँग एमाले नेतृत्वले एक तहको समझदारी बनाएको भए पनि माओवादीसँगको कुराकानी नटुङ्गिईकन यादवसँगको समझदारी सम्झौतामा रूपान्तरित हुने स्थिति भने छैन । एमाले र माओवादी नेतृत्वले सरकार गठन र पार्टी एकतालाई सँगसँगै अघि बढाउन अन्तिम कसरत गरेका छन् ।………
प्रचण्डले राष्ट्रपति, सभामुख र पार्टी अध्यक्ष पद मागेका भए पनि एमाले नेतृत्व माओवादीलाई उपराष्ट्रपति र सभामुखसम्म दिने मानसिकतामा रहेको बुझिन्छ ।.मिडियाडबलीबाट