एजेन्सी। सामान्यतया मानिसको हात या खुट्टामा ५ वटा औला हुन्छन् । तर कोही कोही बच्चा जन्मिदा ५ भन्दा बढि औला भएमा त्यसलाई आश्चर्य मानिन्छ । चीनमा भने महा आश्चर्य भएको छ । योैटा बच्चाका ३१ वटा औला छन्।
यो समाचार भने सत्य हो । हुन त एउटै बच्चा जसको ३१ वटा औंला छन् भन्ने सुन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ। तर बास्तविकता नै यस्तै छ । चीनका एक बालकले जन्मँदै ३१ वटा औँला लिएर आएका थिए । कमजोर आर्थिक अवस्था भएको परिवारमा जन्मिएका ती बालकका आमाबाबुले शल्यक्रियामार्फत अनावश्यक औँला फाल्न चाहेका थिए।
सिएनएनमा छापिएको समाचार अनुसार, पैसा अभावका कारण शल्यक्रिया गर्न सकेका थिएनन् । तर, चीनको निङ्बो सिटी अस्पतालले निःशुल्क रूपमा बालकको शल्यक्रिया गर्ने बताएपछि बालकका आमाबाबुलाई खुशी बने । ती बालकको हातमा १६ वटा र खुट्टामा १५ वटा औँला छन्।
शल्यक्रिया गरेर औँला हटाउने र बालक १६ वर्षको नपुगुञ्जेल यस कारणले स्वास्थ्यमा कुनै जटिलता आएमा त्यसको पनि अस्पतालले निःशुल्क उपचार गरिदिने बताइएको छ।