राष्ट्रपतिद्वारा दुई महिनाको पारिश्रमिक र दसैँ भत्ता कोरोना कोषमा प्रदान

समाचार

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्च बापत प्राप्त हुने रकम कोरोना कोषमा प्रदान गर्ने घोषणा गरेकी छन् ।

कोरोना भाइरसको महामारीविरुद्धको प्रयासमा सहयोग गर्ने उद्देश्यले राष्ट्रपति भण्डारीले यो आर्थिक वर्षको आफ्नो दुई महिनाको पारिश्रमिक र दसैँ भत्ता कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा प्रदान गर्ने निर्णय गरेको राष्ट्रिपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले विज्ञप्ति निकालेर यसबारे जानकारी दिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *