मानसीले भावुक हुँदै भनिन्,‘मलाई नेपालले यत्ति धेरै माया देला यो मैले कहिल्यै सोंचेको थिइनँ (भिडियो)

भिडियो

काठमाडौं। लकडाउनका कारण नेपालको पर्यटकिय क्षेत्रमा परेको असर र त्यसले गर्दा ओरोलो लागेको अर्थतन्त्रलाई मानसी अग्रवालले बनाएको भिडियोले माथि उकास्ने सम्भावना बढाएको छ । मनिषाले बनाएको जम्मा ८ मिनेटको भिडियोमा नेपालको पुरै सौन्दर्यतालाई दर्शाएको छ।

सुन्दा नेपालको बारेमा नकारात्मक लाग्ने तर पुरै भिडियो हेरेपछि भने नेपाललाई चिनाउनकालागी उनले अपनाएको नयाँ पद्यतीको बयान जो कसैले गरिरहेका छन् । आफ्नै साथीभाईहरुसंगको ग्रुप च्याटमा नेपालको सौन्दर्यताको बारेमा भनेर रमाउने र उनीहरुलाई नेपाल घुम्नकोलागी निम्तो दिने मनिषाले त्यो भिडियो पनि तीनै आफ्ना साथीहरुकोलागी बनाएको बताएकी छन्।

एक युटुवरलाई अन्तरवार्ता दिंदै मानसी अग्रवालले भनेकि छन्,‘मैले जहिले पनि मेरा साथीहरुलाई नेपाल घुम्न आऊ, यहाँको सुन्दरताले तिमीहरुलाई साँच्चै नै लोभ्याउने छ । भन्दा उनीहरुको खै के मिली रहेको छैन ? समय मिलाएर आउन पाएका छैनन् । त्यसैले मैले उनीहरुकैलागी यो भिडियो बनाएकी थिएँ ।’ मनिषा अगाडी भन्छिन्,‘तर यो त मिराकल नै भईदियो । मलाई विश्वास गर्नै गाहारो भईरहेको छ।’

आजभन्दा १४ वर्ष पहिले भारतको कलकत्ताबाट विबाह गरेर नेपाल आएकी मानसीले त्यतिबेला नै एरर्पोटमा ल्याण्ड गर्दा देखेको दृष्य र उनको बाथरुमको झ्यालबाट देखिने हिमालको दृष्यले मनिषाको मन लोभिएको थियो । कलकत्ता निकै नै गर्मी ठाउँ हो । मानसीलाई भने चिसो अत्ति नै मन पर्ने भएको हुनाले उनलाई यहाँको प्राकृति वातावरणले लोभ्याएको बताउँछिन् उनी।

नेपाल घुम्न नपर्ने यी सात कारण भन्दै भिडियो बनाउनुभन्दा घम्नै पर्ने यी सात कारण भनेर भिडियो बनाएको भए हुँदैनथ्यो ? भन्ने युटुवरको प्रश्नमा मानसीले मुस्कुराउँदै जवाफ दिएकी छन्,‘दुभाग्यपुर्ण एउटा नराम्रो बानी हामीमा के छ भने हाम्रो आँखा राम्रो कुरामाभन्दा पनि नराम्रो कुरामा झट्ट गईहाल्छ ।’ उनले थपिन्,‘यदि मैले त्यसो नगरिकन नेपाल घुम्न आउने सात कारण भनेको भए मेरो भिडियो यत्तिधेरैले मन पराईदिनु हुदैनथ्यो।’

नेपालको प्रचार एउटा बेग्लै शैलीबाट गर्न सफल भएकी मनिषा उक्त भिडियो फ्रान्सको एउटा आर्टिकल पढेर बनाउने आईडिया बटुलेको बताउँछिन् उनी । उनी भन्छिन्, म फ्रान्समा गएको बेला एउटा आर्टीकल पढ्ने मौका पाएकी थिएँ । जस्मा यदि तपाँई फ्रान्स घुम्न आउनु हुन्छ भने यी कारणले गर्दा तपाईँ नआउुनुस भनेरै लेखिएको थियो । र त्यही कुरा मेरो दिमागमा पनि फुरेको मात्र हो। – कालापानीपोस्टबाट

भिडियो हेर्नुहोस:

Leave a Reply

Your email address will not be published. Required fields are marked *