शान्ती श्रि परियारको सारा परदेशीलाई रुवाउने गीत “कतारको टिकट”(भिडियो)

परदेश भिडियो

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा नेपालिहरुको महान् पर्व वडा दशै नजिकिए संगै कलाकारहरुले दशै तिहारका गितहरु सार्वजनिक गरिरहेका छन् , प्राय प्रदेशी हुनुको पिडालाई नै गितमा प्रस्तुत गरिएको पाईन्छ ।

यसै विच सर्जक गायक गणेश अधिकारीको आवाजमा टिकटकमा निकै हिट ‘जान्छु पियारी’ गितको अफिसिय म्युजिक भिडियो सार्वजनिक भएको छ ।

लोकप्रिय गायक एवम् सर्जक गणेश अधिकारी र लोकप्रिय गायिका शान्ति श्री परियारको सुमधुर स्वरमा रहेको गितमा नविन विश्वकर्मा र रिजन वश्यालको उत्कृष्ट शब्द सृर्जना एवम् सर्जक गणेश अधिकारीको संगित रचना रहेको छ । नेपालमा खासै रोजगारीका स्रोतहरु नभएका र प्ररदेशीनु पर्ने यथार्थ घटनाको गितमा दर्शाईएको छ ।

स्मृति तिमिल्सिना ‘गुरुआमा’को उत्कृष्ट निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा सारिका केसी र रिजन वश्यालको अभिनय देख्न सकिन्छ ।

उक्त गितको म्युजिक भिडियो योग्सना डिजिटल को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ  ।

गित हेर्नको लागि तलको लिक थिच्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *