मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका बालक मृत्युसंग लडिरहे, तर महिना पुगेकै दिन प्राण त्यागे !

समाचार

काठमाडौँ – मोटरसाइकलले ठक्कर दिंदा गम्भीर घाइते भएका एक बालकको शनिबार बिहान निधन भएको छ। मोटरसाइकलको ठक्करबाट घाइते भइ विराटनगर स्थित विराट नर्सिङ होममा उपचाररत एक बालकको शनिबार बिहानै निधन भएको हो।

निधन हुनेमा जलेश्वर नगरपालिका वडा नं. ३ मलिवारा निवासी मोहम्मद मुर्तजा अन्सारीका साँढे तीन वर्षीय छोरा सरिफ अन्सारी रहेका छन्। सरिफलाई असोज १ गते ज८प १८९३ नं.को मोटरसाइकलले ठक्कर दिएको थियो ।

लगातार एक महिना देखि उपचारत उनको विराटनगर स्थित विराट नर्सिङ होममा निधन भएको बालकका काका मोहम्मद मुस्तफाले बताए। आर्थिक अभाव भएपछि उनको लागि आर्थिक सहयोग उठाइदै थियो। तर उपचार खर्च नउठ्दै उनको निधन भयो।

मोटरसाईकल ठक्करले बालकको मस्तिष्कमा चोट लागि रगत समेत जमेको थियो भने छातीको देव्रे भागमा गम्भिर चोट लागेको थियो। परिवारजनले दिएको जानकारी अनुसार उनको कम्मर क्रयाक समेत भएको थियो।

मोटरसाइकलले ठक्कर दिएपछि तत्कालै जलेश्वर अस्पताल र पछि जनकपुर स्थित काव्या अस्पताल र त्यहा समेत उपचार सम्भव नभएपछि विराटनगर लगिएको र उनको उपचारकै क्रममा निधन भएको मोहम्मद मुस्तफालेले बताए।

ठक्कर दिने मोटरसाइकल चालक छुटे

बालकलाई ठक्कर दिने मोटरसाइकलका चालक जनकपुर उपमहानगरपालिका वडा नं. २ किशोरी नगरका लोभस झा छुटेका छन्। झालाई शुक्रवारमात्र अदालतले एकलाख धरौटीमा छाड्न आदेश दिएको हो।

ठक्कर दिने चालकले बालकको उपचारमा अलिकति पनि आर्थिक सहयोग नगरेको बताएका छन्। बिगुलन्युजबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *