प्रकाश दाहालकी जेठी पत्नीलाई छोराको भविष्यको चिन्ता! काठमाडौंको बसाइ, बेरोजगार जीवन, माइतीको खर्चले कतिन्जेल टिक्न सकिएला भन्ने चिन्ता

Uncategorized

साउन २२ मा पोखरामा माओवादी केन्द्रको ४ नम्बर प्रदेशस्तरीय बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले भनेका थिए, ‘एउटै गाउँपालिकाको चुनावमा एमाले, कांग्रेसले १० करोडसम्म खर्च गरे ।’ उनको भनाइलाई आधार मान्ने हो भने जोकोहीले चुनाव लड्ने आँट नगर्दा हुन्छ ।

त्यसैले त उनकी बुहारी सिर्जना त्रिपाठीले इच्छा भएर पनि प्रदेशसभामा लड्ने आँट देखाइनन् । असोज ४ र ५ मा माओवादीको कास्की क्षेत्र नम्बर ३ को बैठक बस्यो । बैठकको उद्देश्य प्रदेश र संघको निर्वाचनमा क्षेत्रबाट उम्मेदवार सिफारिस गर्नु थियो ।

सिर्जना मतदाता रहेको क्षेत्र ३ (क) बाट उनीसहित राजु तिमिल्सिना र तीर्थ लुइँटेलको नाम प्रदेशसभाको उम्मेदवारमा सिफारिस भयो । उ

नले स्वेच्छाले उम्मेदवारी दर्ज गर्ने निर्णय गरेकी थिइन् । तर अन्तिममा आएर ‘ब्याक’ भइन् । उनी पछि हट्नुको कारण थियो, चुनावमा गर्नुपर्ने खर्चको अभाव ।

‘अहिले जोसँग पैसा छ त्यसैले चुनाव लड्ने हिम्मत गर्न सक्छन्,’ दसैं मनाउन हेम्जास्थित माइतीघर आइपुगेकी उनले भनिन्, ‘मेरो आर्थिक अवस्था कमजोर छ ।’

पार्टीकी केन्द्रीय सदस्य उनले समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन् । ०६९ मा प्रकाश दाहालले विना मगरसँग बिहे गरेपछि माइती फर्किएकी उनी त्यसयता निरन्तर पार्टीमा सक्रिय छिन् । उनी हेम्जाको वडा कमिटी हुँदै केन्द्रीय सदस्यसम्म बनिन् । यसरी हेर्दा उनी स्वयं चुनाव लड्न योग्य उम्मेदवार हुन् ।

पार्टी भित्रैकाले जसरी पनि चुनाव लड्नुपर्ने सल्लाह पनि दिए । छिमेकका कांग्रेस, एमाले निकटकाले समेत चुनाव लडे सहयोग गर्ने वचन दिएका थिए । उनको मनमा भने एउटै कुरा खेल्यो, ‘चुनाव लड्ने खर्चले बरु छोरा पढाएर उसको भविष्य बनाउँछु ।’ बुबा देवकृष्णले पनि त्यसै गर्न सल्लाह दिए ।

छोरालाई ‘राम्रो’ विद्यालयमा पढाउन भनेर उनी वैशाखयता राजधानीमा बसेकी छन् । भक्तपुरको एक घरमा मासिक १५ हजार भाडा बुझाउँछिन् । छोरा प्रसिद्ध चेल्सी इन्टरनेसनल स्कुलमा एक कक्षामा पढ्छन् । सबै खर्च माइतीपक्षले बेहोरिरहेको छ । काठमाडौंको बसाइ, बेरोजगार जीवन, माइतीको खर्चले कतिन्जेल टिक्न सकिएला भन्ने चिन्ता छ उनलाई । उनका एक मात्र दाइ निर्माण व्यवसायी हुन् ।

बर्दियामा एक घर र प्रशस्तै जग्गाजमिन छ । घरबाट भाडा आउँछ । खेतको उब्जनीले वर्षैभरि खान पुग्छ । तथापि, प्रसिद्धको पछाडि ‘दाहाल’ जोडिएकाले छोराको रेखदेखको जिम्मेवारी दाहाल परिवारले लिनुपर्ने उनी बताउँछिन् । कानुनत: अझै पनि उनी प्रकाशकै पत्नी हुन् ।

सम्बन्ध विच्छेद भएको छैन । पार्टी अध्यक्ष दाहाल पोखरा आएका बेला नातिलाई भेट्न मन गर्छन् । २–३ पटक भेटे पनि । सिर्जनाका अनुसार प्रसिद्धलाई हजुरबुबाको जुँगा तान्न खुब मनपर्छ । टिभीमा देख्नेबित्तिकै ‘ऊ, हाम्रो बाबा’ भनिहाल्छन् ।

पोखरा आएका बेला दाहालले ‘प्रसिद्धलाई राम्रो स्कुल भर्ना गर्नु, खर्चको चिन्ता नगर्नु’ भनेको सिर्जना झलझली सम्झन्छिन् । उनले छोरालाई पोखराको राम्रै मन्टेस्सोरीमा भर्ना पनि गरिन् । तर, २ वर्ष बित्यो, दाहाल परिवारबाट खर्चपानी आएन । छोरालाई त्यहाँबाट निकालेर अर्को स्कुल भर्ना गरिन् । त्यति बेलासम्म पनि माइतीले नै खर्च बेहोरिरहे । ‘

भन्नेहरूले जे पनि भन्छन्,’ उनले सुनाइन्, ‘पक्कै पनि टन्नै खर्च पाएको भएर चुपचाप बसेकी छ सम्म भने ।’ धेरैले चुप नबस्न पटकपटक दबाब पनि दिएका छन् । त्यस्तो दबाबलाई उनले बेवास्ता गर्दै आएकी छन् । ‘हामी भएको भए यस्तो गर्थेम्, उस्तो गर्थेम् भनेर सुनाउँछन् तर मलाई त्यस्तो केही गर्ने रहर भएन,’ उनी भन्छिन् । छोराले ‘आमा डिभोर्स दिनुस्’ नभनेसम्म सम्बन्धविच्छेद नगर्ने सोचमा छिन् उनी ।

‘दु:ख पीर भनेर सकिँदैन होला,’ उनले भनिन्, ‘छोराको भविष्यले मलाई निकै सताएको छ ।’ जन्मदर्ता बनाउन आनाकानी दाहाल परिवारले आनाकानी गर्दा हालसम्म प्रसिद्धको जन्मदर्ता प्रमाणपत्र बन्न सकेको छैन । ससुरासँगको भेटमा सिर्जनाले जन्मदर्ता गरिदिन बारम्बार आग्रह गरेकी छन् । स्कुलले जन्मदर्ता मागेको चिठीसहित काठमाडौं पुगेर सिर्जनाका बुबाले प्रसिद्धको जन्मदर्ता गराइदिन सम्धीसँग आग्रह गरे ।

तर, दाहालले ‘ठूलो कुरा होइन’ भनेर टार्ने गरेको सिर्जना बताउँछिन् । विद्यालय भर्ना हुँदादेखि नै जन्मदर्ताको प्रमाणपत्र आवश्यक पर्छ । आमा सीता त्रिपाठी पनि नातिको जन्मदर्ता नगराइदिएकोमा दाहाल परिवारप्रति रुष्ट छिन् । ‘छोरा होइन भने बाउ देखाइदिन पर्‍यो,’ उनी भन्छिन्, ‘होइन भने जन्मदर्ता गराइदिनपर्‍यो ।

’ प्रकाशकी आमा सीता दाहालको माइती पनि हेम्जा नै हो । पहिलो पत्नीसँग सम्बन्धविच्छेद भएपछि मामाले सिर्जना र प्रकाशको जोडी मिलाइदिएका थिए । ०६४ माघ ३ मा पृथ्वीचोकस्थित तत्कालीन वाईसीएल क्याम्पमा पञ्चैबाजा बजाएर उनीहरूको विवाह भएको थियो । आश्विन १८, २०७४-साउन २२ मा पोखरामा माओवादी केन्द्रको ४ नम्बर प्रदेशस्तरीय बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले भनेका थिए, ‘एउटै गाउँपालिकाको चुनावमा एमाले, कांग्रेसले १० करोडसम्म खर्च गरे ।’

उनको भनाइलाई आधार मान्ने हो भने जोकोहीले चुनाव लड्ने आँट नगर्दा हुन्छ । त्यसैले त उनकी बुहारी सिर्जना त्रिपाठीले इच्छा भएर पनि प्रदेशसभामा लड्ने आँट देखाइनन् । असोज ४ र ५ मा माओवादीको कास्की क्षेत्र नम्बर ३ को बैठक बस्यो । बैठकको उद्देश्य प्रदेश र संघको निर्वाचनमा क्षेत्रबाट उम्मेदवार सिफारिस गर्नु थियो ।

सिर्जना मतदाता रहेको क्षेत्र ३ (क) बाट उनीसहित राजु तिमिल्सिना र तीर्थ लुइँटेलको नाम प्रदेशसभाको उम्मेदवारमा सिफारिस भयो । उनले स्वेच्छाले उम्मेदवारी दर्ज गर्ने निर्णय गरेकी थिइन् । तर अन्तिममा आएर ‘ब्याक’ भइन् । उनी पछि हट्नुको कारण थियो, चुनावमा गर्नुपर्ने खर्चको अभाव ।

‘अहिले जोसँग पैसा छ त्यसैले चुनाव लड्ने हिम्मत गर्न सक्छन्,’ दसैं मनाउन हेम्जास्थित माइतीघर आइपुगेकी उनले भनिन्, ‘मेरो आर्थिक अवस्था कमजोर छ ।’ पार्टीकी केन्द्रीय सदस्य उनले समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन् । ०६९ मा प्रकाश दाहालले विना मगरसँग बिहे गरेपछि माइती फर्किएकी उनी त्यसयता निरन्तर पार्टीमा सक्रिय छिन् । उनी हेम्जाको वडा कमिटी हुँदै केन्द्रीय सदस्यसम्म बनिन् ।

यसरी हेर्दा उनी स्वयं चुनाव लड्न योग्य उम्मेदवार हुन् । पार्टी भित्रैकाले जसरी पनि चुनाव लड्नुपर्ने सल्लाह पनि दिए । छिमेकका कांग्रेस, एमाले निकटकाले समेत चुनाव लडे सहयोग गर्ने वचन दिएका थिए । उनको मनमा भने एउटै कुरा खेल्यो, ‘चुनाव लड्ने खर्चले बरु छोरा पढाएर उसको भविष्य बनाउँछु ।’ बुबा देवकृष्णले पनि त्यसै गर्न सल्लाह दिए । छोरालाई ‘राम्रो’ विद्यालयमा पढाउन भनेर उनी वैशाखयता राजधानीमा बसेकी छन् ।

भक्तपुरको एक घरमा मासिक १५ हजार भाडा बुझाउँछिन् । छोरा प्रसिद्ध चेल्सी इन्टरनेसनल स्कुलमा एक कक्षामा पढ्छन् । सबै खर्च माइतीपक्षले बेहोरिरहेको छ । काठमाडौंको बसाइ, बेरोजगार जीवन, माइतीको खर्चले कतिन्जेल टिक्न सकिएला भन्ने चिन्ता छ उनलाई ।

उनका एक मात्र दाइ निर्माण व्यवसायी हुन् । बर्दियामा एक घर र प्रशस्तै जग्गाजमिन छ । घरबाट भाडा आउँछ । खेतको उब्जनीले वर्षैभरि खान पुग्छ । तथापि, प्रसिद्धको पछाडि ‘दाहाल’ जोडिएकाले छोराको रेखदेखको जिम्मेवारी दाहाल परिवारले लिनुपर्ने उनी बताउँछिन् ।

कानुनत: अझै पनि उनी प्रकाशकै पत्नी हुन् । सम्बन्ध विच्छेद भएको छैन । पार्टी अध्यक्ष दाहाल पोखरा आएका बेला नातिलाई भेट्न मन गर्छन् । २–३ पटक भेटे पनि । सिर्जनाका अनुसार प्रसिद्धलाई हजुरबुबाको जुँगा तान्न खुब मनपर्छ । टिभीमा देख्नेबित्तिकै ‘ऊ, हाम्रो बाबा’ भनिहाल्छन् ।

पोखरा आएका बेला दाहालले ‘प्रसिद्धलाई राम्रो स्कुल भर्ना गर्नु, खर्चको चिन्ता नगर्नु’ भनेको सिर्जना झलझली सम्झन्छिन् । उनले छोरालाई पोखराको राम्रै मन्टेस्सोरीमा भर्ना पनि गरिन् । तर, २ वर्ष बित्यो, दाहाल परिवारबाट खर्चपानी आएन । छोरालाई त्यहाँबाट निकालेर अर्को स्कुल भर्ना गरिन् ।

त्यति बेलासम्म पनि माइतीले नै खर्च बेहोरिरहे । ‘भन्नेहरूले जे पनि भन्छन्,’ उनले सुनाइन्, ‘पक्कै पनि टन्नै खर्च पाएको भएर चुपचाप बसेकी छ सम्म भने ।’ धेरैले चुप नबस्न पटकपटक दबाब पनि दिएका छन् । त्यस्तो दबाबलाई उनले बेवास्ता गर्दै आएकी छन् ।

‘हामी भएको भए यस्तो गर्थेम्, उस्तो गर्थेम् भनेर सुनाउँछन् तर मलाई त्यस्तो केही गर्ने रहर भएन,’ उनी भन्छिन् । छोराले ‘आमा डिभोर्स दिनुस्’ नभनेसम्म सम्बन्धविच्छेद नगर्ने सोचमा छिन् उनी । ‘दु:ख पीर भनेर सकिँदैन होला,’ उनले भनिन्, ‘छोराको भविष्यले मलाई निकै सताएको छ ।’

जन्मदर्ता बनाउन आनाकानी दाहाल परिवारले आनाकानी गर्दा हालसम्म प्रसिद्धको जन्मदर्ता प्रमाणपत्र बन्न सकेको छैन । ससुरासँगको भेटमा सिर्जनाले जन्मदर्ता गरिदिन बारम्बार आग्रह गरेकी छन् । स्कुलले जन्मदर्ता मागेको चिठीसहित काठमाडौं पुगेर सिर्जनाका बुबाले प्रसिद्धको जन्मदर्ता गराइदिन सम्धीसँग आग्रह गरे । तर, दाहालले ‘ठूलो कुरा होइन’ भनेर टार्ने गरेको सिर्जना बताउँछिन् ।

विद्यालय भर्ना हुँदादेखि नै जन्मदर्ताको प्रमाणपत्र आवश्यक पर्छ । आमा सीता त्रिपाठी पनि नातिको जन्मदर्ता नगराइदिएकोमा दाहाल परिवारप्रति रुष्ट छिन् ।

‘छोरा होइन भने बाउ देखाइदिन पर्‍यो,’ उनी भन्छिन्, ‘होइन भने जन्मदर्ता गराइदिनपर्‍यो ।’ प्रकाशकी आमा सीता दाहालको माइती पनि हेम्जा नै हो । पहिलो पत्नीसँग सम्बन्धविच्छेद भएपछि मामाले सिर्जना र प्रकाशको जोडी मिलाइदिएका थिए । ०६४ माघ ३ मा पृथ्वीचोकस्थित तत्कालीन वाईसीएल क्याम्पमा पञ्चैबाजा बजाएर उनीहरूको विवाह भएको थियो । श्रोत : कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *