बिबादमा तानिएपछि प्रधानन्यायाधीश पराजुलीले पहिलाे पटक दिए यस्ताे प्रतिकृया …
रुकुम । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आफू योग्य र सक्षम भएर न्याय क्षेत्रमा प्रवेश गरेको बताएका छन्। शुक्रवार पूर्वी रुकुमको जिल्ला अदालत उद्घाटन गर्दै पराजुलीले आफ्ना सबै प्रमाण पत्रहरु संसदीय सुनुवाई समितिमा पेश गरिसकेकाले अन्य कुनै ठाउँ या व्यक्तिलाई देखाउन आवश्यक नभएको बताए। डा केसीकाे मुद्धापछि बिबादका अाएका उनले पिहलाे पटक सार्वजनिक रूपमा अाफ्नाे धारणा राखेका हुन् । उनले न्यायपालिका र आफ्नो विषयमा अफवाह फैलाउने प्रयत्न भएको पनि बताए ।
केसीको पक्राउपछि उनको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै आलोचना आएका हुन्। आफूले पेश गर्ने ठाउँमा प्रमाण पेश गरिसकेको र अब सडकमा प्रमाण देखाउँदै हिड्न नसकिने उनको भनाई छ । विभिन्न बहानामा न्यायालयप्रतिको विश्वास कम गराउन केहि शक्तिहरु लागेकाले त्यो सम्भव नहुने उनले बताए।
‘हिजो पनि न्यायालय न्यायमूर्ति थियो’, उनले भने, ‘आज र भोलि पनि न्यायमूर्ति रहन्छ।’ यसमा कुनै शंका नगर्न उनको अपिल छ। न्यायालय राजनीतिक तथा अन्य कुनै शक्तिवाट परिचालित नभएको भन्दै उनले सधैं न्यायको पक्षमा अदालत रहेको पनि बताए ।
साभार : bigulnews