हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण

समाचार

काठमाडौं : चर्चित हाँस्य कलाकार हरिवंश आचार्यलाई कोरोना सं’क्रमण भएको छ। उनीसँगै पत्‍नी रमिलालाई पनि मंगलबार कोरोना पुष्टि भएको छ।

आफूलाई कोरोना सं’क्रमण पुष्टि भएको जानकारी आचार्यले सामाजिक सञ्जालबाट दिएका छन्। सामान्य लक्षण देखिएपछि परीक्षण गर्दा आफूसहित पत्‍नी रमिलालाई पनि कोरोना देखिएको उनले बताएका छन्।

‘सामान्य लक्षण देखिएकोले हिजो मेरो र मेरो श्रीमती रमिलाको पिसिआर परीक्षण गरेका थियौं’, उनले भनेका छन्, ‘हामी दुवै जनाको कोरोना सं’क्रमण पुष्टि भएको रिपोर्ट आज आयो। हाम्रो स्वास्थ्य अवस्था सामान्य छ।’

आचार्यले आफूहरुको सम्पर्कमा आएकाहरुलाई होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउन आग्रह गरेका छन्। ‘यहाँहरुको माया, आशीर्वाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना सं’क्रमणलाई जित्ने छौं’, उनले भने, ‘कोरोना सं’क्रमण ब्यापक रुपमा फैलिएकाले यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य अबलम्बन गर्नुहुन अनुरोध गर्दछौं।’

२८ वर्षीया महिलाले जन्माइन् पाँच शिशु

काठमाडौं : थापाथली स्थित परोपकार प्रसुति गृहमा एक महिलाले पाँच शि’शुलाई जन्म दिएकी छन् । सोमबार बिहान नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले पाँच वटा शिशुलाई ज’न्म दिएको स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीले जानकारी दिए। पाँच मध्ये चार जना जीवित रहेको र १ जना भने जन्मनु अघि नै मृ’,त्यु भइसकेको उनले बताए ।

सुवेदीको नेतृत्वमा श’ल्यक्रिया मार्फत बिहान मृ,त सहित ५ शिशुको जन्म भएको हो । अहिलेसम्म आमाको अवस्था पनि सामान्य नै रहेको उनले बताए । जीवित शिशु चार छोरी छन्। मृतक शिशु भने छोरा थिए। उनको तौल ३०० ग्राम मात्र थियो । अपरेसनमा संलग्न चिकित्सक कृतिपाल सुवेदीका अनुसार चार शिशु र आमा सबै स्वस्थ छन्। ती शिशु १.८, १.९, १.६ किलोग्राम र ८०० ग्रामका छन्।

उनीहरूमध्ये ८०० ग्रामकी शिशुलाई एनआइसियूमा राखिएको छ। सोमबार बिहान ९:४१ मा अपरेसनमार्फत् शिशु निकालिएको डा. सुवेदीले बताए। अपरेसन अघि भिडिओ एक्सरे गर्दा चार शिशु मात्र देखिएका थिए। एक शिशुको मृ,त्यु भइसकेका कारण एक्सरेमा पनि नदेखिएको सुवेदीले बताए। पहिलोपटक ग’र्भवती तामाङले पाँच शिशुलाई एकैसाथ जन्म दिँदा चिकित्सक पनि छ’क्क परेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *