प्रदेश ५ को स्थायी राजधानी भालुवाङ राख्ने प्रस्ताव दुई तिहाईले पास

समाचार

२० असोज, काठमाडौं । प्रदेश ५ को स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ । प्रदेशसभामा मंगलबार भएको मतदानमा प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो ।

प्रस्तावको पक्षमा ६९ मत परेको थियो । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । प्रस्तावको विपक्षमा १३ परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *