दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक जना घाइते

समाचार

तुलसीपुर । गएराति दाङको तुलसीपुर स्थित गहतेखोला पुलमा मोटरसाईक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

अश्वाराबाट तुलसीपुर तर्फ जाँदै गरको रा५प ४७५९ नम्बरको मोटरसाइकल तुलसीपुर–८ अश्वारा स्थित गहते खोलामा दुर्घटना हुँदा चालक तुलसीपुर–६ गुम्राह चोक निबासी २९ बर्षका बसन्त भण्डारी को मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरमा डिएसपी शिव बहादुर सिंहले जानकारी दिए ।

पछाडी सवार दंगीशरण गाउँपालिका–६ श्रीगाउँ निबासी २६ बर्षका गोविन्द केसी घाईते भएका छन् । उनको कोहलपुरमा उपचार भइरहेको छ । तिब्रगतिका कारण मोटरसाईकल गाएराति १२ बजे पुलबाट खसेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *