प्रदेश ५ का २ हजार बढी नेकपानिकट व्यापारीले पार्टी छाडे

समाचार

बुटवल : प्रदेश सरकारको बुटवलबाट स्थायी राजधानी दाङ सार्ने प्रस्तावबाट असन्तुष्ट नेकपाका कार्यकर्ताहरूले पार्टी परित्याग गरेका छन्। रुपन्देहीमा क्रियाशील नेकपा सम्बद्ध भ्रातृ संगठन तथा व्यावसायिक संस्थामा रहेका कार्यकर्ताहरूले केही समयअघि पत्रकार सम्मेलन गरेर पार्टी परित्यागको औपचारिक घोषणा गरेका हुन्।

रुपन्देहीका विभिन्न संघसंस्थाका २ हजार बढी नेकपा कार्यकर्ताले सामूहिक राजीनामा पत्रमा हस्ताक्षर गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। राजीनामा सार्वजानिक गर्न आयोजित पत्रकार सम्मेलनमा रुपन्देही व्यापार संघका पूर्व-अध्यक्ष मोतीलाल पाण्डे, उद्योग परिसंघका अध्यक्ष एजाज आलम, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष समुन्द्र जिसी, पर्यटन व्यवसायी माधव नेपाल, रुपन्देही व्यापार संघका अध्यक्ष याम लोहनी, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, पश्चिम नेपाल यातायात व्यवसायी प्रालिका संचालक नारायण घिमिरे लगायतको उपस्थिति थियो।

उनीहरूले जनभावनाअनुरूप पार्टी नचलेको, औचित्यबिना प्रदेशको राजधानी सार्न खोजिएको, निर्वाचनको प्रतिबद्धता पूरा गर्न नसकेको भन्दै पार्टी परित्याग गरेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *